२८ आश्विन २०८२, मंगलवार
Follow Us

सिमलताल पहिरो : नारायणी नदीको टापुमा भेटियो अर्को शव

नेपालब्रिटेन संवाददाता
३१ असार २०८१, आईतवार ०५:२६

काठमाडौँ । पश्चिम चितवनको भरतपुर महानगरपालिका-२८ मा एक पुरुषको शव भेटिएको छ । नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०-३५ वर्षको पुरुषको शव फेला परेको हो ।

शुक्रबार बिहान नारायणघाट-मुग्लिन सडकको सिमलतालबाट दुइटा बसहरू त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरू मध्ये कुनै एक जना यात्रुको शव हुन सक्ने आशङ्का गरिएको छ । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।

हिजो शनिवार गोलाघाटमा १ र गैँडाकोटको थुम्सी नजिकै २ जनाको शव भेटिएको थियो । भेटिएका तीन वटै शवको सनाखत भइसकेको छ । उनीहरू मध्ये २ जना गणपति डिलक्सका र एक जना एन्जल डिलक्सका यात्रु हुन् ।

धेरै पढिएको