लण्डन । नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु देउवाको सकृयतामा बंगलादेशबाट ८ सय जना नेपालीहरुको उद्धार गरिएको छ ।
शनिवार साँझ सम्म झण्डै ८०० नेपाली विद्यार्थीहरु हवाई वा स्थलमार्ग हुँदै बंगलादेशबाट नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Urgent Notice !
बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिङ्कमा अनलाईन निवेदन दिनुहुन अनुरोध छ । निवेदन नेपालबाट…— Dr. Arzu Rana Deuba (@Arzuranadeuba) July 20, 2024
ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल लगायत अन्य सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरिरहेको छ।
बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग नजिकबाट समन्वय गर्दै आएको मन्त्री देउवाले जानकारी दिइन्।
नेपाल सरकार सबै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ।
‘बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिंकमा अनलाइन निवेदन दिनुहुन अनुरोध छ,’ परराष्ट्रमन्त्री राणाले भनेकी छिन्।
प्रदर्शनकारी र सरकारी पक्षबीच भएको झडपमा अहिलेसम्म १०५ जनाको मृत्यु भइसकेको छ भने करिब १ हजार ५ सय विद्यार्थी घाइते भएका छन्।
अवस्था तनावपूर्ण बन्दै गएपछि नेपालले भारतले पनि नेपाली विद्यार्थी फर्काउन सहयोग थालेको छ।
भारतीय भूमि हुँदै नेपाल आउने विद्यार्थीलाई समन्वय गर्न भारतस्थित नेपाली दूतावासको आग्रह अनुसार विद्यार्थीसँग समन्वय गर्ने काम भइरहेको दुतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले बताए।
सरकारी जागिरमा करिब ५५ प्रतिशत आरक्षण दिने व्यवस्था पुनः लागू गर्न बंगलादेशको अदालतले आदेश दिएपछि विद्यार्थीहरू आक्रोसित हुँदै प्रदर्शनमा उत्रिएका हुन्।