२८ असार २०८२, शनिबार
Follow Us

जहाज दुर्घटनाप्रति एनआरएनएद्धारा दुःख व्यक्त

नेपालब्रिटेन डट कम्
९ श्रावण २०८१, बुधबार १८:०७

लण्डन । गैरआवासीय नेपाली संघले बुधवार काठमाण्डौंमा भएको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

गैरआवासीय नेपाली संघको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी निधन भएकाहरु प्रति हार्दिक श्रदाञ्जली अर्पण गरेको छ ।

संघले निधन भएका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

संघले हवाई सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउन जहाजहरुको नियमित परिक्षण, अनुगमन र सुरक्षा संयन्त्रलाई कडाइका साथ लागू गराउन सम्बन्धित सरोकारवालाहरुलाई अनरोध गरेको छ ।

यसअघि पोखराको लागि उडान भरेको सौर्य यअरको विमानस्थल काठमाण्डौै धावनमार्गमा दुर्घटना हुँदा १८ जना यात्रुको निधन भएको थियो ।

धेरै पढिएको