नारायण भण्डारी । टेक्सस। टेक्ससको वेकोस्थित हाईवे ३५ मा रहेको भोलेरो ग्यास स्टोरमा काम गर्ने दिपक ओलीको आइतवार विहान बन्दुकधारीहरुले गोली हानी हत्या गरेको छन ।
स्टोरमा रातीको काम गर्ने रुकुमको वॅाठीकोट गाउपालिका बडा नम्बर १० झुला गॅाउका ३० बर्षिय दिपक ओलीलाई स्टोर भित्रै गोली हानेर हत्याराहरु भागेका थिए ।
उहॅाको परिवारमा बुबाआमा दुई भाईहरु, एक बहिनी, श्रीमति र एक छोरी रहेको उहॅाका टेक्ससमा रहेका आफन्त मोहन कुसारीले जानकारी दिनुभयो ।