४ जेष्ठ २०८२, आईतवार
Follow Us

पत्रकार महासंघ यूकेको आधिकारीक अध्यक्ष को हो ? (पत्र सहित)

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०८१, मंगलवार १९:५९

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले वेलायतस्थित नेपाली दूतावास तथा विभिन्न संघसंस्थाहरूलाई पत्राचार गर्दै संस्थाको आधिकारिक अध्यक्षको बारेमा जानकारी लिन आग्रह गरेको छ।

संस्थाका वरिष्ठ उपाध्यक्ष तथा छैटौं महाधिवेशन तयारी समितिका संयोजक दिनेश परियारद्वारा जारी पत्रमा ‘नेपाल पत्रकार महासंघ वेलायत शाखाको १४ जुलाई २०२४ मा छैटौं अधिवेशन सम्पन्न भई विमला सेनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको भन्दै विभिन्न संघसंस्थाहरूले सम्मान तथा स्वागत गरेको देखिएको हुँदा यस्ता गतिविधिहरू तत्काल रोक्न आग्रह गरिएको छ।

पत्रमा ‘नेपाल पत्रकार महासंघ वेलायत नेपालस्थित सबै नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघको आधिकारिक शाखा हो। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको जेष्ठ २३ गतको अनुसार वेलायत शाखाको सबै निर्वाचन सम्बन्धी कार्यक्रम रद्द भएको जनाइएको छ।’

केन्द्रको निर्देशन अनुसार रद्द भएको महाधिवेशनमा घोषणा गरिएको कार्यसमिति स्वतः अवैध हुने पत्रमा उल्लेख छ।

नेपाल पत्रकार महासंघको विधि विधान र निर्देशनको पालना गर्नु शाखाको अनिवार्य कर्तव्य हो। यसैले शाखाको नाममा भएका सबै गतिविधिहरू कुन आधिकारिक हो भन्ने बारे नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमार्फत भेरिफिकेसन गर्न समेत अनुरोध गरिएको छ।