२० आश्विन २०८१, आईतवार
Follow Us

ओली सरकार भ्रष्टाचारविरोधी अभियान रोक्न लागिपरेको छ : ‘प्रचण्ड’

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०८१, शुक्रबार १४:२१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आफूले थालेको राम्रो कामलाई समेत रोक्न लागिपरेको ब्रिफिङ गरेका छन् । आज सुरु स्थायी कमिटी बैठकमा उनले अघिल्लो सरकारले चालेको भ्रष्टाचारविरोधी अभियान रोक्ने काम भइरहेको बताए ।

उनको भनाइ उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने, ‘अघिल्लो सरकारले गरेको सुशासनको काम, भ्रष्टाचारविरोधी काम अगाडि बढाउनको सट्टा राम्रा कामहरूमा पनि अवरोध सिर्जना गर्ने काम भइरहेको छ ।’

उनले बंगलादेशमा घटेको घटनाले नेपालमा पर्ने असर र प्रभावको ख्याल गर्दै त्यसबाट शिक्षा लिनुपर्ने बताए । प्रवक्ता सापकोटाले जनताका समग्र समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।