२९ भाद्र २०८१, शनिबार
Follow Us

पूर्वसांसद तथा एमाले केन्द्रीय सदस्य डा. पाठकसंग बेल्जियममा अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०८१, शनिबार २०:०१

लण्डन । पूर्व सांसद तथा एमाले केन्द्रीय सदस्य डा. सूर्य प्रसाद पाठकसंग बेल्जियमस्थित नेपाली समुदायले अन्तरक्रिया गरेका छन्

बागलुङ समाज बेल्जियमको आयोजनामा शुक्रवार लुभेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाठकले गैरआवासीय नेपाली नागरिकताले विदेशमा बस्ने नेपालीहरुको सम्पतिको सुरक्षाको प्रत्याभूति दिएको बताए । उनले गैरआवासीय नेपाली नागरिकता लिए पछिका समस्याहरु हटाएर अघि बढ्न सरकारलाई अनुरोध गर्ने बताए ।

डा. पाठकले जिल्लाका विकास गतिविधिहरुको चर्चा र प्रवासबाट जिल्लाका लागि गरिएका योगदान बारे चर्चा गरे ।

समाजका अध्यक्ष महेन्द्र पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतम, समाजका पूर्व अध्यक्ष गँगा शर्मा, प्रवासी नेपाली मंच बेल्जियमका अध्यक्ष विनोद न्यौपाने, एनआरएन बेल्जियमकी महासचिव रुविना शर्मा, व्यवसायी सँघ बेल्जियमका अध्यक्ष चिरन खवास, एनआरएन बेल्जियम पूर्वअध्यक्ष खडक केसी, अन्तराष्ट्रिय पर्वत समाजका पूर्व अध्यक्ष झलक केसी, ओएनएफ बेल्जियम पूर्व अध्यक्ष बोधराज पौडेल लगायतले आफना धारणाहरु राखेका थिए ।

समाजका उपाध्यक्ष हरि रोकाले स्वागत मन्तव्य दिएको कार्यक्रममा बाग्लुङबाट बेल्जियममा आएर बसोबास गर्ने नेपालीहरुको उत्साहजनक उपस्थिति थियो ।