२९ असार २०८२, आईतवार
Follow Us

डा. बद्री केसीले समाले एनआरएनएको कमाण्ड, विधि विधान अनुरुप अघि बढ्ने प्रतिबद्धता

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०८१, मंगलवार ११:५२

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी संघको केन्द्रीय कार्यालय काठमाण्डौंमा पुगेर आफ्नो काम थालेका छन् ।

सर्वोच्च अदालतको गत मंगलवारको फैसला अनुरुप डा. केसीले आज देखि संघको नियमित काममा फर्किएका हुन् ।

सर्वोच्च अदालतका न्यायधिशद्धय तिलकप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले संघका महाधिवेशनहरु स्वायत्त हुने भन्दै ११ औं महाधिवेशनले गरेको निर्णय वैधानिक भएको भन्दै डा. केसीको नेतृत्वमा रहेको कार्यसमितिलाई पुनर्रवाहाली गरेको हो ।

डा. केसीले गैरआवासीय नेपाली संघ विधि र बिधान अनुसार अघि बढ्ने नेपालब्रिटेन डट कमलाई बताए । संस्थाको आफ्नै विधान छ त्यसैको आधारमा अघि बढ्ने हो । असन्तुष्ट रहेका साथीहरुलाई समेत हामी आपसमा छलफल गरेर अघि बढ्छौं डा. केसीले भने ।

उनले संघको केन्द्रीय समितिको बैठक छिट्टै आब्हान गर्ने जानकारी दिए । डा. केसीसंगै उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना र सल्लाहकार हिराधन राई समेत संघको केन्द्रीय कार्यालय पुगेका थिए ।

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशसनबाट निर्वाचित अन्तराष्ट्रिय परिषदको तर्फबाट संघका सहकोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सिना समेत चार जना सर्वोच्च पुगेका थिए ।

धेरै पढिएको