८ बैशाख २०८२, सोमबार
Follow Us

नटिङ्घममा झल्कियो मिनी नेपाल (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
३० श्रावण २०८१, बुधबार २१:४१


मेलामा २ हजारभन्दा बढी सहभागी

लेस्टर । मिड्ल्याण्डको नटिङ्घममा रहेका नेपालीहरूले दोस्रो नेपाली मेलाको आयोजना गरेका छन्।

गत सोमवार सम्पन्न मेला मिड्ल्याण्डमा हुने नेपाली कार्यक्रमहरू र समारोहहरूमध्ये सबैभन्दा ठूलो मेला भएको आयोजकले बताएका छन्।

नेपाली समाज नटिङ्घमले गत वर्षदेखि मिड्ल्याण्ड र बेलायतभरिबाट विभिन्न विधा र क्षेत्रमा सहभागिता हुने गरी यो मेला आयोजना गर्न थालेको हो। संस्थाका निवर्तमान अध्यक्ष रविन्द्र शर्माको अध्यक्षतामा रहेको कार्यसमितिले मिड्ल्याण्डका सबै संस्थाहरूको सहभागिता हुने गरी बृहद् नेपाली मेला आयोजना गर्न थालेको हो।

नेपाली समाज नटिङ्घमका अध्यक्ष राम प्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव बीरेन्द्र खड्का (रेशम)ले सञ्चालन गरे।

कार्यक्रममा हेल्थ एन्ड सेफ्टीबारे जानकारी उपाध्यक्ष लोकनाथले गराएका थिए भने आर्थिक संकलनको समन्वय अर्का उपाध्यक्ष मूकून्दहरी खरालले गरेका थिए।

कार्यक्रमको उद्घाटन नटिङ्घमशायरका सांसद तथा बेलायत सरकारका जूनियर मन्त्री अनरेबल एमपी लिलियन ग्रिनवूड, विशेष अतिथि शरिफ अफ नटिङ्घम काउन्सिलर लियाकत अली, र अर्का विशेष अतिथि नैनिटनका डेपुटी मेयर भीम सारुले संयुक्त रूपमा गरेका थिए।

संस्थाका संस्थापक अध्यक्ष रण केसीले आयोजकको तर्फबाट शुभकामना मन्तव्य दिएका थिए। यस्तै, संस्थाका पूर्वअध्यक्ष गोविन्द खरालले संस्थाले गरेका गतिविधिबारे जानकारी दिए।

संस्थाका कोषाध्यक्ष रविन्द्र गिरीले कोष व्यवस्थापन तथा भलिबलका खेलाडी बुद्धि गुरुङले भलिबल सम्बन्धी व्यवस्थापन गरेका थिए।

संस्थाका खेलकूद संयोजक बसन्त अधिकारीले पार्कको समग्र व्यवस्थापन र विभिन्न खेल व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

मेलामा बेलायतभरिका ९ नेपाली भलिबल टिमहरूको मैत्रिपूर्ण भलिबल प्रतियोगिता, १२ वर्षमुनिका बालबालिकाहरूको जुनियर फुटबल, श्रीमती बोकेर दौडिने, आँखामा पट्टि बाँधेर श्रीमती चिन्ने, डोरी तान्ने, कबड्डी लगायतका मनोरञ्जनात्मक खेलहरूको जिम्मा कार्यसमिति सदस्य अशोक रिजाल, सल्लाहकार डिलाराम गौतम, र आजीवन सदस्य शालिकराम घिमिरेले लिएका थिए।

स्टल व्यवस्थापनमा समाजका प्रवक्ता दूर्गा सापकोटाले भूमिका निर्वाह गरे।

पार्किङ व्यवस्थापनमा ट्रष्टी गंगा ढकाल, कार्यसमिति सदस्य हेमलाल गैरे, र अर्जुन सापकोटा खटिएका थिए।

पार्कमा सरसफाई व्यवस्थापनको लागि कार्यसमिति सदस्य दोर्ण डाँगी, सल्लाहकार गणेश सापकोटा, र ओमेन फाउन्डेसनले जिम्मेवारी लिएका थिए।

मेलास्थलमा खटिएका प्रहरीहरूसँग आवश्यक समन्वय, प्यारामेडिक टिमसँगको समन्वय, तथा भोलेन्टियरहरूसँगको समन्वय निवर्तमान अध्यक्ष रविन्द्र शर्माले गरेका थिए भने यज्ञ डूम्रेले पनि महत्वपूर्ण भूमिका खेलेका थिए।

कार्यक्रममा पूर्वअध्यक्ष तारानाथ भण्डारी, बिष्णु चालिसे, प्रविन पाण्डे लगायतले रमाइला खेलहरूमा भाग लिए।

मेलामा सृजनशील नेपाल लेस्टर, शान्ति नेपाली समाज बर्मिंघम, हाम्रो नेपाली समाज वोल्भरह्याम्पटन, ग्रान्थम नेपाली समाज, पिटरबोरो नेपाली समाज, कभेन्ट्री नेपाली समाज, लिभरपुल नेपाली समाज, गल्कोट समाज युके, र पंचकोट समाज युकेका अध्यक्ष तथा प्रतिनिधिहरू, लन्डन, वेल्स, स्कटल्यान्ड लगायत काभ्रे सोसाइटीले पनि सहयोगी भूमिका खेलेको आयोजकले जनाएका छन्।

मेलामा विभिन्न शहरबाट आएका नेपाली संघसंस्थाका प्रतिनिधि र खेलाडीहरूले आ–आफ्नो खेल प्रदर्शन गरे।

भलिबल खेलको उपाधि गल्कोट समाज यूकेले जितेको थियो भने उपविजेता स्कटल्यान्ड भएको थियो।

मेलामा एक दर्जन कलाकारको प्रस्तुति

मेलामा कलाकारहरू सूर्य खड्का, टीका सानू, रविन लामिछाने, सुमन परियार, राजन कार्की, सुशीला गौतम, रेणुका भट्टराई, सृजना खत्री लगायतले प्रस्तुति दिए।

स्थानीय कलाकार प्रमिला डाँगी, अन्जना सापकोटा, र सुसान घिमिरेको नेपाली र्याप प्रस्तुति, साथै नोटिङ्घम ओमेन फाउन्डेसनकी अध्यक्ष नीरू चालिसेको महिला समूहले समेत भरपूर मनोरञ्जन गराएका थिए। कलाकारहरूसँगको समन्वय र व्यवस्थापनमा उपाध्यक्ष लोकनाथ अधिकारीले सक्रिय भूमिका निर्वाह गरे।



गल्कोट समाज यूकेले जित्यो भलिबल उपाधि