१७ श्रावण २०८२, शनिबार
Follow Us

थामे बाढी अपडेट :१ जना बेपत्ता,१२ वटा घरमा क्षति

नेपालब्रिटेन संवाददाता
३२ श्रावण २०८१, शुक्रबार १४:२६

काठमाडौं । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका वडा नम्बर–५ स्थित थामे खोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले ७ जनाको उद्धार गरेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिएकी छन । बाढी आएको क्षेत्रका एक जना सम्पर्कविहीन भएका पनि उनले जानकारी दिएकी छन ।

सो क्षेत्रका एक जना सम्पर्कविहीन भएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले जानकारी दिए । उनका अनुसार हालसम्म बाढीको कारण १२ वटा घर, हिमालयन ट्रस्टको क्लिनिक र विद्यालय बगाएको छ ।

दाहालले भने, ‘७ घर जोखिममा छन्, दुधकोशी र सुनकोशीमा बहाव बढ्न सक्ने हुनाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेका छौँ ।’

धेरै पढिएको