२७ असार २०८२, शुक्रबार
Follow Us

मर्स्याङ्दीमा दुर्घटनामा परेका सबै यात्रु भारतीय नागरिक

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०८१, शुक्रबार १३:१७

काठमाडौं । आज शुक्रबार तनहुँको आबुखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्नेहरू सबैजना भारतीय नागरिक रहेको खुलेको छ ।

चालका दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन ।

भारतीय नम्बर प्लेट–७६२३ नम्बरको बसमा उनीहरू भारतबाट पोखरा हुँदै काठमाण्डु आउँदै थिए । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

धेरै पढिएको