२७ असार २०८२, शुक्रबार
Follow Us

वायु प्रदूषणको प्रभाव न्यूनिकरण गर्न मन्त्रालय संवेदनशीलः वन मन्त्री शाही

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०८१, शनिबार ११:५९

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनिकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताएका छन । ‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असरसम्वन्धी एक अन्तरक्रिया कार्यक्रमलाई सम्वोन्धन गर्दै मन्त्री ठकुरीले वायु प्रदूषणको असर न्यूनिकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताएका हुन । जलवायु परिवर्तन र वायु प्रदूषणको असर नियन्त्रण मन्त्रालयको चासोको विषय भएको मन्त्री शाहीको भनाइ छ ।

जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्युनिकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढंगले अघि बढाउने मन्त्री ठकुरीले बताए । सञ्चारमाध्यका साथीहरु र सरोकारवाला पक्षलाई मन्त्रालयमा आमन्त्रण गरेर सल्लाह र सुझाव लिएर अघि बढ्ने मन्त्री ठकुरीले बताए । वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई समेत ठूलो असर पारेकोप्रति मन्त्री ठकुरीले चिन्ता व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं महानगरपालिकाका साथै स्थानीय तह र सम्वन्ध सबै वन तथा वातावरणसँग सरोकार राख्ने पक्षसँग परामर्श छलफल गरेर जलवायु परिवर्तनले पारेका असरहरुको पहिचान र नियन्त्रणमा मन्त्रालयले प्रभावकारी कदम चाल्ने मन्त्री ठकुरीले बताए । वायु प्रदूषण न्युनिकरण र नियन्त्रणमा सरोकार राख्ने सबै पक्षलाई सक्रिय सहभागीको अनुरोध गर्दै मन्त्रालय सहयोग र सहकार्यका लागि सधै तत्पर रहेको स्पष्ट पारे । अबको समय वायु प्रदूषण नियन्त्रणमा जुट्नुको विकल्प नभएको मन्त्री शाहीले स्पष्ट पारे ।

कार्यक्रममा काठमार्डौ महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरिता राईले वायु प्रदुषण नियन्त्रणका निम्ति फोहोर व्यवस्थापनको काम प्रभवाकारी ढंगबाट गरेको बताइन । स्वच्छ काठमाडौं निर्माण गर्न वायु प्रदूषण नियन्त्रणमा जनचेतना जगाउने काम महानगरले गरिरहेको उनले बताइन । धूलो सहित काठमाडौं निर्माण गर्न जुटेका छौ राईले भनिन् स्वास्थ्य संस्थाको फोहर अनुगमन गरेको छौ । मापदण्ड अनुसार फोहरमैला व्यवस्थापन नगर्नेलाई पहिलो चरणमा सम्झाउने र अटेर गरे कारवाही गर्ने उनले बताइन ।

ट्रिपल मिडिया प्रा.लिद्वारा आयोजित ‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असर सम्वन्धी अन्तरक्रिया कार्यक्रममा विज्ञहरुद्वरा सातवटा कार्यपत्र प्रतुत गरिएको थियो ।

कार्यक्रममा वातावरण विद् भूषण तुलाधरले वायु प्रदूषणले नेपालका बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असर सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिर अधिकारीले जलवायु परिवर्तनले मानव समाजमा पार्ने असर र नियन्त्रणमा गरिएका सरकारी पहलका बारेमा प्रस्तुतिकरण दिएका थिए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख-वरिष्ठ अनुसन्धान अधिकारी मेघनाथ धिमालले जलवायु परिवर्तन र वायु प्रदूषणलाई किन एकसाथ सम्बोधन गर्नुपर्छ ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र स्वास्थ्य प्रवर्द्धन तथा धुम्रपान नियमन प्रमुखले डा भक्तबहादुर केसीले जलवायु कार्यमा मिडियाको योगदान अन्वेषण विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कान्ति बाल अस्पतालका वरिष्ठ परामर्शदाता डा जगतजीवन घिमिरेले वायु प्रदूषण र बालबालिकामा फोक्सोको स्वास्थ्यका विषायक कार्यपत्र प्रस्तुत गरेका थिए ।
सेभ द चिल्ड्रेनका वातारण विज्ञ पल्लब रेग्मीले समेत प्रतुतिकरण गरेका थिए । कार्यक्रममा वन तथा वतावरण मन्त्री ठकुरीलाई नेशनल युथ फर चिल्ड्रेन एक्सनले तयार पारेको जलवायु परिवर्तन सम्वन्धी घोषणा पत्र समेत हस्तान्तरण गरेको थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा समिरकुमार अधिकारीका अनुसार नेपालमा जलवायु परिवर्तनको असर चरम मौसमी घटनाबाट अनुभव गर्न सकिन्छ । हाल दिन र रात दुवै पहिलेका तुलनामा ताता भैरहेका छन् अर्थात् चिसा दिन र रातको सङ्ख्या कम हुँदै गएको पाइन्छ । साथै तापक्रम बढ्ने, छिटफुट हिमपात र हिमनदीहरू अत्यधिक मात्रामा पग्लनाले पहाडी भेगमा खानेपानी तथा सिचांईको अभाव हुन थालेको छ अधिकारी भन्छन् ।

अधिकारीले भने, विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० देखी २०५० को बीचमा जलवायु परिवर्तनले मलेरीया, कुपोषण, झाडापखाला र गर्मीका कारण थप दुई लाख पचास हजार मान्छेको मृत्यु हुनेछ भनी अनुमान गरीएको छ ।

वातावरणीय स्वास्थ्य समस्या मध्ये वायु प्रदूषण सन् २०१९ को सबैभन्दा ठूलो चुनौती हो । अधिकारीका अनुसार विश्व भरि ९० प्रतिशत भन्दा बढी मानिसहरु प्रदुषित वायु भएको ठाउँमा बस्छन् । प्रदुषण कै कारणले विश्व भरि वर्सेनी ७० लाखको मृत्यु भएको छ । मृत्यु बढी हुनेमा ९०% कम र मध्य आय भएका देशहरुमा हुने गर्छन् । वायु प्रदूषणका कारण हावामा हुने किरणले फोक्सोको क्यान्सर गराई ३६ प्रतिशतको मृत्यु गराएको छ ।

त्यस्तै ३४ प्रतिशतको मस्तिष्कघातबाट मृत्यु भएको छ भने हृदय रोगबाट २७ प्रतिशतको मृत्यु भएको सरकारी तथ्यांक छ अधिकारीले भने । काठमाडौमा भने सवारी साधन नै वायु प्रदुषणको प्रमुख कारक हो । हाल जलवायु तथ्याङ्क आदान प्रदान गर्न स्वास्थ्य सेवा विभाग र जल तथा मौसम विज्ञान विभाग बीच सम्झौता गरेको पनि अधिकारीले बताए ।

कान्ति बाल अस्पतालका चिकित्सक डा जगतजीवन घिमिरले साउथ एसियामै नेपालका बालबालिका वायु प्रदूषणको बढी जोखिममा परेको बताए । तत्काल यसको असर नदेखिने भएकाले पनि नीति निमार्णमा बसेकाहरुलाई यसको असरले छुएको छैन डा घिमिरेले भने । नेपालमा वायु प्रदूषणले मानवमा पारेको प्रभावको विषयमा कुनै तथ्यांक छैन । चीन लगायत भारतमा समेत वायु प्रदूषण उच्च हुदा विद्यालय बन्द गराएर बालबालिकालाई जोगाउने काम हुन्छ तर, नेपाल वायु प्रदूषणको उच्च जोखिममा पुग्दा समेत सरकारले विद्यालय बन्द गराउन सकेको छैन । वायु प्रदूषण उच्च हुदा बालबालिकालाई तुरुन्तै असर समेत पार्न सक्छ ।

बालबालिकाको शरिरका अंगहरु बिकास हुने क्रममा भएकाले बच्चाहरु वायु प्रदूषणको बढी जोखिममा हुन्छन् । अझ पेट भित्र बच्चा बन्ने क्रममा हुदा आमाहरु प्रदूषणमा सामेल हुदा बच्चा बढ्ने प्रक्रिया राम्रोसँग हुदैन । डा जगत जीवन घिमिरे भन्छन् नेपालमा बच्चाहरु अत्यन्तै प्रदूषणमा बसेका छन् ।

२०२४ स्टेट अफ ग्लोबल एयर अनुसार, वायु प्रदूषणका कारण ६ वर्ष मुनिका ७ लाख ९ हजार बालबालिको मृत्यु भएको थियो । तथ्यांक अनुसार पाँच वर्ष मुनिका बालबालिकामा हुने सबै विश्वव्यापी मृत्युको १५ प्रतिशतलाई प्रतिनिधित्व गर्छ । डा धिमाल भन्छन् हरेक दिन ५ वर्ष मुनिका करिब २ हजार बालबालिका वायु प्रदूषणसँग सम्बन्धित स्वास्थ्य प्रभावका कारण मर्छन् । तीमध्ये ७० प्रतिशतभन्दा बढीको मृत्यु प्रदूषित इन्धनमा खाना पकाउने घरायसी वायु प्रदूषणका कारण भएको थियो । यसको सबैभन्दा ठूलो प्रभाव अफ्रिका र दक्षिण एसियामा देखिएको छ धिमाल भन्छन् ।

डा. धिमाल भन्छन् वायु प्रदूषण एक सामाजिक समस्या हो । इटा भट्टा, ट्राफिक एक्सपोजर (पैदलयात्री बनाम एसी कारका सवार), विद्यालय र बस्तीको छेउमा निर्माण गरिएका कारखानाहरू, सहर भएर जाने सडक र लामो दूरीका ट्रकहरूबाट हुने प्रदूषण मुख्य समस्या हो ।

धेरै पढिएको