२५ आश्विन २०८१, शुक्रबार
Follow Us

संसदमा नागरिकता बहस् : प्रधानमन्त्रीलाई प्रश्न एनआरएन नागरिकता कहिले लागू हुन्छ ?

नेपालब्रिटेन डट कम्
२५ भाद्र २०८१, मंगलवार ०८:४२

लण्डन । गैरआवासीय नेपाली नागरिकताको बारेमा चालु संसदमा बहसको विषय बनेको छ । ‘हेर्ने कथा’ मार्फत भेटिएका प्रकाश तामाङलाई उनको बुवा आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिन प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता देखाए पनि विदेशमा रहेका लाखौं नेपालीहरुको नागकिरताको बारेमा मौन रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आपत्ति प्रकट गरेका छन् ।

सांसद पराजुलीले सोमवारको संसद बैठकमा बोल्दै नेपालको समृद्धिको परिकल्पना गर्दै विदेशमा सिकेको सिप र ज्ञानलाई नेपाली माटोमा सदुपयोग गर्ने उदेश्यले जारी गरिएको गैरआवासीय नेपाली नागरिकता खोस्टो सावित भएको भन्दै सरकारको ध्यानार्कषण गराए ।

उनले सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता कहिले देखि लागू हुन्छ प्रधानमन्त्री ज्यू भन्दै प्रश्न गरेका छन् ।