८ बैशाख २०८१, शनिबार
Follow Us

फोरम छोडे आङकाजीले

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७३, मंगलवार १४:४४

काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका नेता आङ्काजी शेर्पाले पार्टीबाट राजीनामा गर्नुभएको छ । उहाँले पार्टीमा रहेर काम गर्न नसक्ने भन्दै आज राजीनामा दिनुभएको हो । उहाँको राजीनामा पत्रमा पहिचानको आन्दोलनमा अहोरात्र आउनेलाई भन्दा ठूला नेताको घरमा धाउनेलाई बढी अवसर दिएको र पार्टीभित्र ‘नस्लवाद र नातावाद’ हाबी भएको उल्लेख गरिएको छ ।
पार्टीका नेता जिम्मेवारीमा भन्दा पनि व्यक्तिगत स्वार्थ दोहनमा लागेको उहाँको दाबी छ । उक्त राजीनामा पत्रमा पार्टीको क्रियाशील सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख छ । यसैगरी उहाँले पहिचानको आन्दोलनमा भने अभियन्ताका रुपमा क्रियाशील रहने बताउनुभएको छ ।