२७ असार २०८२, शुक्रबार
Follow Us

सर्वोच्च र उच्चमा न्यायाधीश नियुक्तिका लागि बसेको परिषद् बैठकमा जुटेन सहमति

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०८१, सोमबार १३:१९

काठमाडौं । सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश सिफारिसका लागि बसेको न्याय परिषद् बैठकमा सहमती जुट्न सकेको छैन । आज (सोमबार) प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकमा कुनै निर्णय नगरी सकिएको परिषद्का एक सदस्यले जानकारी दिएका छन ।

सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिका लागि परिषद्को बैठक प्रधान न्यायाधीश श्रेष्ठले बैठक बोलाएका थिए । सोमबार ३ बसेदेखि ५ बजेसम्म परिषद्को बैठकमा न्यायाधीश नियुक्तिबारे छलफल गरेको थियो ।

परिषदमा कानुनमन्त्री अजयकुमार चौरसिया,सर्वोच्चमा न्यायाधीश प्रकाशमान सिंह राउत,रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सदस्य रहेका छन । परिषद्का सदस्यहरूबिच कुरा मिल्न नसक्दा आज पनि न्यायाधीश नियुक्ति हुन नसेकेको र अर्को दिन पुनस् बस्ने ती सदस्यले जानकारी दिएका छन । आइतबार पनि परिषद् बसेको थियो ।

धेरै पढिएको