बारा । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीति नेतृत्व विरुद्ध भईरहेको आक्रोश स्वभाविक भएको संकेत गर्नु भएको छ ।
पर्साको वीरगन्जमा आयोजित कार्यक्रम जाने क्रममा बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सभापति देउवाले आक्रोश भईरहन्छ भनेर प्रतिक्रिया दिनुभएको हो ।
सहकारी ठगी विरुद्धको कारबाही रोकिएको हो भन्ने प्रश्नमा आफुलाई त्यसबारे थाहा नभएको सभापति देउवाले बताउनु भएको छ । सभापति देउवालाई स्वागत गर्न बाक्लो मात्रामा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
बुद्ध एयरलाइन्सको नियमित उडानबाट सिमरा आएका देउवासगै पार्टीका शिर्षस्थ नेतृत्व समेतको उपस्थिति रहेको थियो ।