२९ आश्विन २०८२, बुधबार
Follow Us

प्रधानमन्त्रीको प्रेस संयोजकमा राम रावल नियुक्त

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०८२, बुधबार ०४:१५

प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन्। प्रधानमन्त्री कार्कीको सचिवालयले रावल प्रेस संयोजक नियुक्त भएको पुष्टि गर्‍यो।

रावल २०६० सालदेखि पत्रकारितामा सक्रिय छन्। २०६० सालमा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरू गरेका रावलले केही समय नेपाल एफएममा पनि काम गरे। त्यहाँ उनले एक वर्ष काम गरेका थिए।

२०६५ सालदेखि कान्तिपुर मिडिया ग्रुपममा आबद्ध भएका उनले झन्डै १० वर्ष नेपाल साप्तिाकि म्याग्जिनमा बिताएका थिए।

त्यसपछि उनी साढे तीन वर्ष कान्तिपुर टेलिभिजनको समाचार संयोजक बने।

उनले ग्यालेक्सी टेलिभिजनमा समेत काम गरे। ग्यालेक्सी टेलिभिजनमा डेढ वर्ष समाचार संयोजक र एक वर्ष सम्पादक बनेका थिए।

बाजुरा, साविक मार्तडी गाबिसमा जन्मिएका उनी पछिल्लो समय नेपाल खबर अनलाइनका सम्पादक छन्। रावलले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन्। उनी कानुनमा स्नातक पनि छन्।

धेरै पढिएको