२० आश्विन २०८१, आईतवार
Follow Us

एनआरएनएले बोलायो आकस्मिक बैठक, बाढी पिडितलाई सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०८१, आईतवार ०९:५२

लण्डन । लगातार परिरहेको भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षति भए पछि गैरआवासीय नेपाली संघले आकस्मिक बैठक बोलाएको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा एवं प्रमुख, परोपकार तथा मानव कल्याण विभागका प्रमुख डा. हेम राज शर्माका अनुसार संघले बाढी पिडितको सहयोगमा जुट्टको लागि भोलि (सोमवार) केन्द्रीय समिति (आइसीसी) को बैठक आब्हान गरेको छ ।

यसअघि संघका अध्यक्ष डा. बद्री केसी र डा. शर्माले शनिवार संयूक्त रुपमा एक विज्ञप्ति जारी गर्दै लगातार परिरहेको भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिको घटनाले विदेशमा बस्ने नेपालीहरु निकै मर्माहत बनाए भएको भन्दै निरन्तरको वर्षापछि सिर्जित अकल्पनीय विपद्का घटनामा परी निधनप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका थिए ।

संघले प्राकृतिक विपदमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढीपहिरोबाट प्रभावित नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल सरकारसँग अनुरोध गरेको छ ।

विज्ञप्तिमा, अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । संघले विपद्को घडीमा यथाशक्य छिटो राहत तथा सहयोगमा जुट्नमा आफ्ना विश्वभर छरिएका ८७ देशका राष्ट्रिय समितिहरुलाई आग्रह गरेको छ ।

आर्थिक सहयोग देहायको खाता नम्बरमा उपलब्ध संघले आग्रह गरेको छ।
NRNA Emergency Fund
Bank: Sanima Bank Limited Naxal
A\C: 024010010000633
डा. बद्री केसी डा.