२७ बैशाख २०८१, बिहीबार
Follow Us

अहिलेसम्म २ सय ५० स्थानीय तहको नतिजा सार्वजनिक

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७४, शनिबार ०४:१०

काठमाडौं । पहिलो चरणको वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको गणना झण्डै पाँच दिन अघिदेखि जारी रहेको छ । प्राप्त परिणामअनुसार एमालेले सबैभन्दा बढी १०२ स्थानीय तहमा जित हात पारेको छ भने १५ स्थानमा अगाडि छ । त्यस्तै, नेपाली काँग्रेस अहिलेसम्म ९७ स्थानमा विजयी भएको छ भने ९ स्थानमा अग्रता कायम राखेको छ । यसका साथमा नेकपा माओवादी केन्द्रले हालसम्म ४५ स्थानमा प्रमुखसहित विजयी हासिल गरेको छ भने ३ स्थानमा अग्रता कायम राखेको छ । र अन्य तीन स्थानमा राप्रपा, नेमकिपा र नयाँ शक्तिले तथा तीन स्थानमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । ३४ जिल्लाको २८३ स्थानीय तह मध्ये अहिलेसम्म २ सय ५० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।