२७ बैशाख २०८१, बिहीबार
Follow Us

डा. महतको गाउँमा कांग्रेसको लाजमर्दो हार

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७४, शनिबार १५:०२

नुवाकोट । कांग्रेसको गढको रुपमा रहेको नुवाकोटको पन्चकन्या गाउँपालिकामा नेकपा माओावादीले विजय हासिल गरेको छ । दुई दशकपछिको भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तेजवहादुर तामाङ (रमेश) विजयी भएका हुन् । सो गाउँपालिका कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत र उनका भाई परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको हो । उक्त गाउँपालिकामा अध्यक्षमा आगामी पाँचवर्षका लागि माओवादीका तामाङ विजयी भएका हुन् ।