३ चैत्र २०८१, सोमबार
Follow Us

विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२४ आश्विन २०८१, बिहीबार ०४:२१

काठमाडौं । गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द रचना र संगीत रहेको छ। गीत अधिकारी कै निर्देशन तथा निर्माण रहेको छ ।

आशिष अविरलले एरेन्ज गर्नुभएको गीतमा विष्णुसँगै सुन्दरमणिले स्वर दिनु भएको छ ।

गीतको भिडिओमा ललिता पौडेल र सुन्दरमणि अधिकारी सहितका कलाकारहरुले अभिनय गर्नुभएको छ । शम्भु चालिसेले छायांकन गर्नुभएको म्युजिक भिडिओलाई प्रविण भट्टले सम्पादन गर्नुभएको छ ।