काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुर पुगेका छन् ।
आज (शनिबार) थाहा नगरपालिकामा पार्टी निकट युवा सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड मकवानपुर पुगेको स्रोतले जानकारी दिएको छ । प्रचण्डलाई चित्लाङमा स्थानीयवासीले स्वागत गरेका थिए ।