६ माघ २०८१, आईतवार
Follow Us

जेठानीले चिर्पट प्रहार गर्दा देउरानीको मृत्यु

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०८१, मंगलवार ०६:३८

बैतडी । बैतडीमा जेठानीले चिर्पट प्रहार गर्दा देउरानीको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–२ छेपट्टामा ३० वर्षीया दीपा बोहराले देउरानी २५ वर्षीया सुनिता बोहराको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेकी हुन् ।

बैतडी प्रहरी प्रवक्ता बलराम पाण्डेयले घरायसी विवादमा दीपाले सुनिताको टाउकोमा चिर्पट प्रहार गरेको बताए । उनका अनुसार सुनिताको घटनास्थलमै ज्यान गएको थियो । प्रहरीले दिपालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ ।