सुर्खेत । सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मृत फेला परेकी छन् । ५० वर्षीया पुजारी सरस्वती राजी मन्दिरको मुलढोकामा बुधबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
उनी वीरेन्द्रनगर नगरपालिका–११ की स्थायी बासिँदा हुन् । सुर्खेत प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले मृत्युको कारणबारे अनुसन्धान थालिएको बताए ।