३१ असार २०८२, मंगलवार
Follow Us

ओली सरकार एक रातमै ढल्न सक्छः विप्लव

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०८१, शनिबार १३:१८

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने दाबी गरेका छन । आज शनिबार नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन ।

उनले कूटनीति तरिकाले ओली सरकार नटिक्ने पनि बताएका छन । उनले हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उनले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताएका छन ।

उनले भने, ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् ।

वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो रु देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन् ।’ उनले संसदमा क्रान्ति गर्ने मानिसलाई खिल्ली उडाउने, बदनाम गर्ने प्रयास भइरहेको प्रति उनले आक्रोश पोखे । विप्लवले १७ हजारको बलिदानीपछि आएको व्यवस्थामा माओवादी आन्दोलनले सोचेको यही हो भनेर प्रश्न गरेका छन ।

धेरै पढिएको