१ माघ २०८१, मंगलवार
Follow Us

रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०८१, बुधबार ०५:५५

काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज बुधबार साँझ काठमाडौं ल्याउने तयारी छ ।

रास्वपाका नेता तथा लामिछानेका सहयोगी दीपक बोहोराले पनि लामिछाने लाई आज साँझ वा बिहीबार बिहान मात्रै काठमाडौं लेराउने जानकारी दिएका हुन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार काठमाडौँ ल्याइने भनिए पनि मौसमको खराब भएकाले ल्याउन सकिएको थिएन ।

लामिछानेलाई बुधबार साँझ या बिहीबार बिहान सम्म काठमाडौं ल्याएर बयान लिने तयारी गरिएको छ । उनलाई यस बीचमा बयानका लागि पोखरा बाट रुपन्देही लगिएको थियो । काठमाडौंमा भने लामिछाने विरुद्ध कालिमाटीमा मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको आरोप छ ।

लामिछानेलाई आइतबार मात्र कास्की जिल्ला अदालतले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं बाट पक्राउ परेका हुन् । लामिछाने विरुद्ध कास्की बाहेक रुपन्देही, काठमाडौं र चितवन अदालत बाट पक्राउ पुर्जी जारी भएको छ ।

लामिछाने विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिन सम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।