१ माघ २०८१, मंगलवार
Follow Us

प्रहरीका ४ एसपी एसएसपीमा बढुवा सिफारिस

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०८१, शुक्रबार ०६:१६

काठमाडौं । नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका चार प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बिहीबारको बैठकले प्राविधिक प्रहरी समूह स्वास्थ्य उपसमूह चिकित्सकतर्फका एसपीहरूलाई सोही समूहतर्फको एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा हुनेमा नेपाल प्रहरी अस्पताल रेडियोलोजी शाखा महाराजगञ्जमा कार्यरत डा केदार खड्गी, नेपाल प्रहरी अस्पताल मेडिसिन शाखा महाराजगञ्जमा कार्यरत डा छन्दबहादुर बुढाथोकी, गण्डकी प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा पवनकुमार राय र नेपाल प्रहरी अस्पताल डेन्टल शाखा महाराजगञ्जमा कार्यरत डा सुवर्ण कुँवर छन् ।