१२ माघ २०८१, शनिबार
Follow Us

हर्क साम्पाङको समर्थन पाएका राजमान पाँचौ

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०८१, सोमबार ०६:१९

कीर्तिपुर नगरपालिका प्रमुखमा काँग्रेस उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार डंगोल १ हजार ३ सय १६ मतसहित अग्रस्थानमा छन् ।

कृष्णमानले प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन् । एमाले उम्मेदवार मानन्धरभन्दा उनी ३ सय ३८ मतले अगाडि छन् । ०

उनलाई पछ्याइरहेका एमालेका सुरेन्द्र मानन्धरले ९ सय ७८ मत ल्याएका छन् । यस्तै नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ७ सय १६, स्वतन्त्र उम्मेदवारद्वय राजमान महर्जनले ५ सय २० र दिनेशकुमार अधिकारीले ४ सय ३४ तथा राप्रपाका ध्रुव महर्जनले २ सय २७ मात प्राप्त गरेका छन् । र्कीतिपुरको मेयरमा ०७९ मा पनि काँग्रेस निर्वाचित भएको थियो ।