१२ माघ २०८१, शनिबार
Follow Us

श्रीमति कुटेको आरोपमा उपप्राध्यापक पक्राउ

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०८१, मंगलवार १३:२२

काठमाडौँ। श्रीमतीमाथि कुटपिट गरेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका एक जना उपप्राध्यापक पक्राउ परेका छन् । श्रीमतीमाथि कुटपिट गरेको आरोपमा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले भट्टविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ गरिएको जानकारी दिएको छ । भट्टमाथि शनिबार घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोप छ ।

जयन्तीका दाजुले दिएको किटानी जाहेरीका आधारमा भट्टलाई पक्राउ गरेर अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।