२१ बैशाख २०८१, शुक्रबार
Follow Us

डा. कैनीको चुनाब प्रचारमा नेपाली समुदायको सहभागिताको लागि अपिल

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७४, शुक्रबार ०९:४७

आगामी जुन ८ का दिन बेलायतमा हुन गई रहेको संसदीय निर्वाचनमा लेबर पार्टीको तर्फबाट उम्मेदवार हुनु भएका नेपाली समुदायका डा. बच्चु कैलाश कैनी अहिले चुनाव प्रचारमा ब्यस्त हुनु भएको छ ।

गत हप्ता देखि चुनावी प्रचार प्रसार सुरु भएको छ । चुनावी प्रचारको क्रममा डार्टफोर्ड निर्वाचन क्षेत्रमा करिव ४२ हजार घरधुरीमा रहेका करिब ८० हजार मतदाता समक्ष चुनावी प्रचार गर्ने सामाग्री लिफलेट तयार पारिएको छ । चुनाव अघि नै सबै मतदाताको घरमा प्रचार सामाग्री पुर्याउनको लागि थोरै समय भएको हुनाले सबै नेपाली समुदायको सहभागिताको लागि उहाँ ले अपिल गर्नु भएको छ ।

डार्टफोर्ड निर्वाचन क्षेत्रमा निश्चित क्षेत्रहरु पहिचान गरी घरदैलोमा नै पुग्ने काम पनि शुरु गरिएको छ । जस अनुसार अहिले सम्म सयौ जना लेबर पार्टीको सदस्य, पदाधिकारी र स्वयम्सेबक सहभागी हुनु भयो । लेबर पार्टीका सदस्यहरुलाई फोनबाट सम्पर्क गरी सहयोगको लागि अनुरोध गर्ने काम पनि भै रहेको छ । स्थानिय मतदाताहरुलाई पनि फोन बाट सम्पर्क गर्ने कार्यक्रम पनि रहेको छ । यो कार्यक्रम चुनावको दिन सम्म निरन्तर गरिनेछ ।

त्यसै गरी चुनाव प्रचार गर्नको लागि रेलवे स्टेसन, अस्पताल, पार्क, बिद्यालय, क्लब आदिको भ्रमण गरी मतदातासंग अन्तरक्रिया पनि गर्ने कार्यक्रम छ ।

सबै नेपाली समुदायको सहभागितामा मे को २७ र २८ तारिख र जुनको ३ र ४ तारिखको दिन लिफलेट बाँड्ने काम गरिनेछ । चुनावको दिन जुन ८ का दिन धेरै भन्दा धेरै स्वयंसेवक र पार्टी सदस्यहरुलाई सहभागी गराई हरेक मतदातालाई भोट हाल्न अनुरोध गरिने छ । डा. कैनी ले सम्पूर्ण नेपाली समुदायहरुलाई निम्न मिति स्थान र समयमा सबै नेपाली समुदायहरुलाई उपस्थित भईसहयोग गर्न अपिल गर्नु भएको छ ।

Date: 27 & 28 May and 3 & 4 June 2017
Time: 11 am
Venue: 99 Kent Road, Dartford, DA1 2AJ

साथै, निर्वाचनका दिन ८ जुनमा पनि सयौ स्वम्सेवकहरुको आवस्यकता पर्ने हुनाले उहाँले बेलायत बस्ने सम्पूर्ण नेपाली समुदायलाई उक्त दिन डार्टफोर्डमा उपस्थित भई सहयोग गर्न पनि अपिल गर्नु भएको छ ।