२० बैशाख २०८१, बिहीबार
Follow Us

एमाले र माओवादी बाहेकका तालमेल असफल : योगेश

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७४, शुक्रबार १४:२५

काठमाडौं । नेकपा (एमाले) का सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले अन्य पार्टीबीचको भन्दा एमाले र नेकपा (माओवादी) बीचको चुनावी तालमेल सफल भएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले यहाँ आज आयोजना गरेको उपत्यकास्तरीय भेलामा उहाँले पहिलो चरणको स्थानीय निर्वाचनको परिणामले नेपाली काँग्रेस र माओवादी वा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचका तालमेललाई जनताले अनुमोदन नगरेको जनाउँदै एमाले र माओवादीबीचको तालमेल तुलनात्मकरुपमा सफल भएको उल्लेख गर्नुभयो ।
नेता भट्टराईले भन्नुभयो, “एमाले र माओवादीबीच लमजुङ र बाग्लुङमा भएका तालमेल सफल भएका छन् र अन्य ठाउँमा भएका अन्य पार्टीबीचका तालमेललाई जनताले अप्राकृतिक ठहर गरेका छन् ।” कार्यक्रममा एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापा, सचिव विष्णु रिजाल र चौतारीका अध्यक्ष गणेश बस्नेतले निर्वाचन प्रचारका बारेमा जानकारी गराउनु भएको थियो ।