१२ माघ २०८१, शनिबार
Follow Us

क्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडाैंमा

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०८१, शुक्रबार ०६:०२

काठमाडौं । क्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडाैं आइपुगेका छन् । नेपाल प्रिमियम लिग (एनपीएल)को जारी खेल हेर्नका लागि क्रिकेटका लिजेन्ड लारा नेपाल आएका हुन ।

नेपाल क्रिकेट संघ (क्यान) का छुम्बी लामाका अनुसार उनी आज बिहान  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइ पुगेका हुन ।  उनलाइ स्वागत गर्नका लागि क्यानका पदाधिकारीसहित खेलाडीहरू बिमानस्थलमा पुगेका थिए ।

त्यसपछि आज हुने लुम्बिनी लायन्स र कर्णाली याक्स बिच बिहान ९ः०० बजेवाट सुरू हुने पहिलो खेल हेर्नका लागि किर्तिपुरस्थित मैदानमा पुग्नेछन ।

केही दिन नेपालमा रहने क्रिकेटका लिजेन्डा लाराले कम्तिमा तीनवटा खेल किर्तिपुरस्थित मैदानमा गएर हेर्नेछन् । विश्वविख्यात वेस्ट इन्डियन खेलाडी लारा पहिलोपटक नेपाल आउन लागेका हुन् ।