२५ असार २०८२, बुधबार
Follow Us

एकीकृत समाजवादीले बनायो २४ सदस्यीय केन्द्रीय सचिवालय

नेपालब्रिटेन संवाददाता
२ पुष २०८१, मंगलवार १३:०६

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । पार्टीको पछिल्लो पटक बसेको स्थायी समिति बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको एकीकृत समाजवादीका उपाध्क्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।

जसमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको प्रवक्ता खतिवडाले जानकारी दिए । सचिवालयमा केन्द्रीय अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित गरेर २४ जना हुने उनले जानकारी दिएका छन ।

संविधान संशोधन कार्यदल
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव संकलनसहित प्रतिवेदन पेस गर्न प्रकाश ज्वालाको संयोजकत्वमा नयाँ कार्यदल गठन गरेको छ ।

स्थायी कमिटी बैठकले ज्वालाको संयोजकत्वमा कार्यदल गठन गरेको बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएका छन । कार्यदल सदस्यमा गरिमा साह, गणेश विक, बलदेव चौधरी ,रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेको उनले जानकारी दिएका छन ।

धेरै पढिएको