२३ जेष्ठ २०८३, शनिबार
Follow Us

रास्वपाद्वारा केन्द्रीय समितिको विस्तारित बैठक आह्वान

नेपालब्रिटेन संवाददाता
१२ पुष २०८१, शुक्रबार १३:५८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले पुस १९ गते बैठक आह्वान गरेको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक तीन दिन चल्नेछ।

त्यस्तै बैठकले केन्द्रीय अनुशासन आयोगमा कमल प्रसाद पोखरेल र हरिचन्द्र भट्टराईलाई मनोनयन गरेको छ। त्यस्तै केन्द्रीय संगठनमा धर्म केसी, गोपाल घिमिरे र डा. विमला तिवारीलाई मनोनयन गरेको छ।

बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा.स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिका बारेमा समीक्षा प्रस्तुत गरेका थिए। त्यस्तै कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीबाट पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेस गरेको प्रवक्ता झाले बताए।

धेरै पढिएको

slot gacor