३ माघ २०८१, बिहीबार
Follow Us

न्युयोर्कमा राष्ट्रिय मेल मिलापको नीतिमाथि चर्चा

नेपालब्रिटेन संवाददाता
१५ पुष २०८१, सोमबार ०५:५३

न्युयोर्क । नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आइतबार न्युयोर्कमा राष्ट्रिय मेल मिलाप दिबसको अवसरमा एक कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा नेपाली कांग्रेस का केन्द्रीय सदस्य किरण पौडेलले मेलमिलाप को नीति विकास राजनीति र समाज रूपान्तरण मा सधैँ सहयोगी हुने बताएका छन् ।

कार्यक्रममा अमेरिकामा रहेका विभिन्न सङ्घ संस्था का प्रतिनिधिहरुले विश्व भर छरिएर रहेका प्रबासी नेपालीहरुको नेपाली नागरिकता सम्बन्धमा प्रस्ट नीति नेपाल सरकारबाट आउनुपर्ने माग गरेका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कांग्रेस महासमिति सदस्य कान्छा लामालगायतले बिचार ब्यक्त गरेका थिए ।