सर्लाही। ईश्वरपुर नगरपालिका १२ कालिन्जोरस्थित श्री जनता प्रा.बि. विद्यालयका ९१ जना वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ। लायन्स क्लब काठमाडौं दर्पणको अध्यक्ष एंव समाजसेवी सुनीता आचार्य तथा संजय अधिकारी,प्रकाश बराल लगाएतको सक्रियतामा, उक्त कपडा विद्यालयका विद्यार्थीहरुलाई बिहीबार हस्तान्तरण गरिएको हो।
यस कार्यक्रमले स्थानीय विद्यालयका बालबालिकाहरुलाई जाडो मौसमको कठिनाईबाट बचाउन महत्वपूर्ण सहयोग प्रदान गरेको छ। जसमा, लायन्स क्लब काठमाडौं र समाजसेवी व्यक्तित्व सुनीता आचार्यले मिलेर विद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराएका छन्।
समाजसेवी सुनीता आचार्यले यस कार्यक्रमको आयोजनामा महत्त्वपूर्ण भूमिका निभाउँदै भने, बालबालिकाको उज्जवल भविष्यका लागि हामीले आजको प्रयास गरेका हौं। यस अवसरमा, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको साथको लागि म आभारी छु।
जनता प्रावि नयाँ टोलका प्रमुख र शिक्षकहरूले यस सहयोगको लागि , सुनीता श्रेष्ठ आचार्य, संजय अधिकारी र प्रकाश बराललाई धन्यवाद दिएका छन्। विद्यालयका प्रमुखले भने, यो सहयोग बालबालिकाहरुको लागि अत्यन्तै महत्त्वपूर्ण छ। हामीलाई यो अवसर दिएकोमा सहयोगी मनहरुलाई धन्यवाद दिन चाहन्छौं।
कार्यक्रममा नगर प्रमुख मनोज कुमार आचार्य, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र स्थानिय समाजका प्रतिष्ठित व्यक्तिहरु उपस्थित थिए। यस अवसरमा, प्रतिनिधि र समाजसेवी व्यक्तिहरूले बालबालिकाहरुलाई थप प्रेरणा दिए र आगामी दिनहरूमा पनि यस्ता सहयोग कार्यक्रमहरूको आयोजना गर्नको लागि प्रतिबद्धता जनाए।
यस सहयोगले सर्लाही जिल्लाका अन्य विद्यालयहरूमा पनि न्यानो कपडाको आवश्यकता र महत्त्वलाई उजागर गरेको छ।