 नेपालब्रिटेन डट कम्
                    नेपालब्रिटेन डट कम् 
            
            लण्डन। वेलायतका लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरेलाई लण्डनमा स्वागत गरिएको छ।
ग्रीनवीच रोयल बरोले शनिबार विलवीचस्थित टाउन हलमा एक कार्यक्रम आयोजना गर्दै घिमिरेलाई सम्मान गरेको हो।
@nepalbritainn Welcoming His Excellency Mr Chandra Kumar Ghimire Ambassador of Nepal for United Kingdom of Great Britain 🇬🇧 #nepalbritain ♬ original sound – nepalbritain.com 
उनीलाई मेयर जीत रानाभाटले खादा, फूल र नेपाली ढाका टोपी लगाएर सम्मान गर्दै आगामी कार्यकालको सफलताका लागि शुभकामना दिएका थिए। सोही कार्यक्रममा लन्डन दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी लगायतलाई मेयर रानाभाटले स्वागत र सम्मान गरेका थिए। सम्मान कार्यक्रममा ग्रीनवीच बरोका काउन्सिल लिडर एन्थोनी ओकेरेके, गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्मा लगायतको उपस्थिति थियो।











