१ श्रावण २०८२, बिहीबार
Follow Us

कोभेन्ट्रीको नौमती बाजा लण्डनमा सम्मानित (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१९ माघ २०८१, शनिबार २१:५०

अंग्रेजी नयाँ वर्षको दिन सम्पन्न लण्डन न्यू इयर डे परेडमा सहभागी भई नेपाली नौमती बाजाको उत्कृष्ट प्रस्तुति दिने कोभेन्ट्री कल्चरल ग्रुपलाई सम्मानित गरिएको छ।

शुक्रबार साँझ वुल्लीच टाउन हलमा आयोजित विशेष कार्यक्रममा सो ग्रुपलाई ग्रीनवीच रोयल बरोले सम्मान प्रदान गरेको हो।

लण्डन परेडमा सहभागी भई नेपाली नौमती बाजा मार्फत नेपाललाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निभाएको भन्दै प्रमुख अतिथिहरू, बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे र ग्रीनवीच रोयल बरोका मेयर काउन्सिलर जीत रानाभाटले सम्मान गरे।

@nepalbritainn Appreciating for their great effort for successful shown our cultural Baja: Coventry Naumati Baja #nepalbritain ♬ original sound – nepalbritain.com


कार्यक्रममा कल्चरल ग्रुपका संयोजक गोविन्द सापकोटालाई मेडल र प्रमाणपत्रसहित सम्मानित गरिएको थियो।

सम्मानित भई खुशी व्यक्त गर्दै सापकोटाले नौमती बाजाले नेपाली कला र संस्कृतिलाई बेलायतमा फैलाउन महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले ग्रीनवीच काउन्सिलको सम्मानले थप उत्साह र काम गर्न प्रेरणा दिएको उल्लेख गर्दै, सो समूहका सबै सदस्यहरूलाई धन्यवाद दिए।

कार्यक्रममा परेडमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र स्वयंसेवकहरूलाई पनि सम्मानित गरिएको थियो।

धेरै पढिएको