१३ चैत्र २०८१, बिहीबार
Follow Us

अध्यादेश कसैले विरोध गर्दैमा रोकिँदैनन्ः महासचिव पोखरेल

नेपालब्रिटेन संवाददाता
२ फाल्गुन २०८१, शुक्रबार १२:३०

ललितपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको बिरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन् ।

शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा पोखरेलले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवद्र्धन गर्ने हिसावले ल्याएको दाबी गरे । पोखरेलले अध्यादेशको बिरोध भयो भनेर कोशिस असफल नहुने बताए ।

उनले दुई प्रमुख राजनीतिक दलहरुले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै पारित गर्ने अनेक विकल्पहरु रहेको दाबी गरे । विकल्प प्रयोग गरेर भएपनि अध्यादेशलाई राज्यको कानूनमा ढाल्ने भन्दै अध्यादेश आफैँमा कानून भएको पोखरेलले बताए ।

महासचिव पोखरेलले सरकारले आइसिटी बाहेक अरु कुनै क्षेत्रका लागि विदेशमा लगानी गर्ने अनुमति नदिएको पनि बताए ।