काठमाडौँ । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा पक्राउ परेका इन्सपेक्टर विवेक जोशीलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।
आत्महत्या दुरुत्साहनमा किटानी जाहेरीका आधारमा सोमबार पक्राउ परेका इन्सपेक्टर जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
इन्सपेक्टर महत केही दिनअघि पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा मृत अवस्थामा भेटिएकी थिइन् । मृतक सन्तोषीका परिवारले सोमबार जोशीविरुद्ध उजुरी दिएका थिए । जोशी र सन्तोषी प्रेमी-प्रेमिका रहेको परिवारको दाबी छ ।