गैरआवासीय नेपाली संघ (एनआरएनए), बेलायत (यूके) का पूर्वउपाध्यक्ष एवं समाजसेवी मोहन कार्की निधन भएको छ।
५२ वर्षीय कार्कीको सोमबार बिहान करिब पौने ७ बजे बेलायतको स्कटल्यान्ड राज्यमा पर्ने फलक्रिकस्थित आफ्नै निवासमा निधन भएको हो।
उनको कलेजोमा क्यान्सरको समस्या देखिएको र अन्तिम समयमा मात्र पत्ता लागेकाले बचाउन नसकिएको परिवारलाई उद्धृत गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रामशरण सिम्खडाले बताए। कार्की एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदको संस्थापक अध्यक्ष पनि थिए।
स्पष्टवक्ता, सहयोगी भावना र सक्रियतापूर्वक खटिने स्वभावका कारण उनी बेलायतवासी नेपालीबीच लोकप्रिय थिए।
स्कटल्यान्डको फोर्थ भ्याली नेपाली एसोसिएसन, ग्लास्गो नेपाली एसोसिएसन लगायत सामाजिक संघसंस्थाको अगुवाइ पनि उनले गरेका थिए।
सिम्खडाका अनुसार, नेपालमा भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायतका समस्या हुँदा पनि उनले उद्धार र राहतका कार्यमा महत्त्वपूर्ण योगदान गरेका थिए। उनले सामाजिक सेवामा पुर्याएको योगदानको कदरस्वरूप बेलायतको हाउस अफ लर्ड्सबाट समेत सम्मानपत्र प्राप्त गरेका थिए।
कार्कीका पत्नी र एक सात वर्षीया छोरी छन्। नेपालमा उनको घर काठमाडौँको कालिमाटी हो।
मोहन कार्की (स्कटल्याण्ड), समाजसेवी
मोहन कार्की स्कटल्याण्डको नेपाली समुदायको अग्रज समाजसेवी र एनआरएन अभियन्ताको रुपमा सुपरिचित नाम हो । उनी ग्लासगो नेपाली एशोसियनको अध्यक्ष हुँदा सन् २०११ मा मोहन कार्कीको पहलमा सो संस्था च्यारिटीको रुपमा दर्ता भएको थियो ।
ग्लासगो नेपाली एशोसियनको हाल आफ्नै भवन समेत रहेको छ । व्यवसाय विस्तारको क्रममा हाल फलक्रिकमा बसोबास गर्ने कार्कीको अध्यक्षतामा फोर्थ भ्याली नेप्लिज एशोसियनले स्कटिस स्थानीय सरकारसँग समन्वयमा बिभिन्न कार्यहरु गर्दै आएको छ ।
कार्कीले सामाजिक सेवामा योगदान गरेको कारण हाउस अफ लडर्सले सम्मान समेत गरेको छ । उनी समाजका दुःखसुुखका सारथी हुन् । महावीर पुनको नेपाल आविष्कार केन्द्रलाई व्यक्तिगत रुपमा दुई लाखभन्दा बढी सहयोग गरेका छन् । स्कटल्याण्डका विभिन्न ठाउँहरूबाट संकलन २० लाखभन्दा बढी सहयोग संकलन गर्न उनको ठूलो योगदान छ ।
नेपालमा भूकम्प आउँदा उनले व्यक्तिगत र संस्थागत रुपमा दश लाखभन्दा बढी सहयोग उठाएर । एनआरएनए स्कटल्याण्डको संस्थापक अध्यक्षसमेत रहेका उनले एनआरएनए युकेको दुई कार्यकाल उपाध्यक्षको जिम्मेवार समाले ।
एनआरएनए युकेको अघिल्लो कार्यकालमा नेपाली नागरिकता निरन्तर अभियानको संयोजक समेत रहेका कार्कीले गैरआवासीय नेपालीलाई नागरिकता निरन्तरको विषयमा निरन्तर लविङ गरिरहेका छन् ।
फलक्रिकमा मेक्सिकन र जापानिज रेस्टुरेन्ट छ भने उनको बि एण्ड बि व्यवसाय तथा प्रोपर्टी बिजनेस (कमर्सियल तथा रेसिडेन्सिएल) पनि रहेको छ ।
हालैमात्र स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन छक्समेक्सबार एण्ड ग्रिलले स्कटल्याण्डको बेस्ट रेष्टुरेन्ट अवार्र्ड प्राप्त गरेको छ । स्कटल्यास्डकोे प्रतिष्ठित ओसिएनिक आवासद्वारा आयोजना गरिएको द स्कटिस रेष्टुरेन्ट अवाद्ध २०२४ मा मेक्सिकन टक्समेक्स बार एण्ड ग्रिललाई बेस्ट रेष्टुरेन्ट प्रदान गरिएको थियो ।
फास्टफुड बिजनेसमा २२ वर्षदेखि कार्यरत कार्कीले यसअघि मध्यपूर्वमा तथा अमेरिकाको मियामीमा उत्कृष्ट म्यानेजरको रुपमा समेत अवार्ड प्राप्त गरेर चर्चामा आएका थिए ।