लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला विभागले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारी गरेको छ। गैरआवासीय नेपाली संघकी महिला संयोजक अनुजा प्रधानका अनुसार, संघले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला विभागको आयोजनामा भर्चुअल कार्यक्रम गर्ने तयारी गरेको हो।
आगामी मार्च ७ तारिख, नेपाली समयअनुसार साँझ ५ बजे आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको विभाग प्रमुख रोजिना प्रधानले जानकारी दिएकी छन्।
कार्यक्रममा उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुली, राष्ट्रिय महिला आयोगकी सदस्य लिली थापा, सुनिता डंगोल, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, पौरखी नेपालीकी संस्थापक मन्जु गुरुङ्ग, शक्ति समूहकी पूर्वअध्यक्ष चरीमाया तामाङ लगायतका प्रमुख वक्ताहरूले सम्बोधन गर्नेछन्।
गैरआवासीय नेपाली संघले प्रत्येक वर्ष नियमित रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएको छ।