लण्डन – गैरआवासीय नेपाली संघ बेल्जियमका निवर्तमान अध्यक्ष खड्क बहादुर केसीले संघको विवादमा दुवै फैसलालाई मानेर एकता खोज्न आग्रह गरेका छन्।
केसीले शुक्रवार साँझ नेपालब्रिटेन डट कमसँग कुरा गर्दै सर्वोच्च अदालतको पहिलो र दोस्रो फैसलालाई कार्यान्वयन गरेर दुवै व्यक्तिलाई एउटै मञ्चमा उपस्थित गराएर एकता खोज्न आग्रह गरे।
उनले भने, “अदालतको फैसलाअनुसार हामीलाई अधिवेशन गराउने जिम्मेवारी छ, र हामी बद्री केसीको समिति चिन्दैनौं। यदि एकता चाहिएको हो भने, उनीहरू आफैं हामीलाई सम्पर्क गर्न आउनुपर्छ,” भन्ने कुरा पूर्व अध्यक्ष तथा उच्च स्तरीय समितिका संयोजक शेष घलेले उल्लेख गर्नुभएको सुनिन्छ, “तर दुवै पक्षलाई सँगै ल्याउन पहल गर्नु पर्छ।”
उनले सर्वोच्च अदालतको दोस्रो फैसलाअनुसार, संघको अध्यक्ष डा. बद्री केसी नै वैधानिक कार्यसमिति हो भनेको छ। यदि उच्चस्तरीय समितिले साँच्चै एकता चाहेको हो भने डा. केसीसँग छलफल गर्नु पर्छ। उनले आफ्नै कार्यकालमा एनआरएनए बेल्जियममा शेष घले समूहलाई पनि समेटेर एकताको अधिवेशन सम्पन्न गरेको स्मरण गरे।
केसीले घले र डा. केसीलाई एउटै मञ्चमा बोलाएर प्रत्यक्ष प्रसारणमार्फत ८० लाख नेपालीहरूको सामु एकताको पक्षमा छन् र को छैन भन्ने स्पष्ट पार्न आग्रह गरे।
केसीले संस्थाको नेतृत्व गरिसकेका संघका संस्थापक अध्यक्षदेखि निवर्तमान अध्यक्षसम्मका सबै पूर्व अध्यक्षहरू र पत्रकारलाई बृहत एकताको पक्षमा उभिन आग्रह गरे।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको बेल्जियम भ्रमण अघि केसीले बृहत एकताको पक्षमा उभिएका हुन्।