२४ असार २०८२, मंगलवार
Follow Us

टोखा झोर क्षेत्रबाट २५ करोड नगदसहित एक जना पक्राउ

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०८१, मंगलवार ०६:२२

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई २५ करोड नगदसहित पक्राउ गरेको हो । यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी गराउने प्रहरीको तयारी छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित सोमबार राति १ जनालाई पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताए ।

धेरै पढिएको