२७ असार २०८२, शुक्रबार
Follow Us

राष्ट्रिय स्वतन्त्र पार्टीको जनयात्रा चैत २३ गते चितवनबाट

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०८१, मंगलवार ०६:४५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखमा हुने बताएका छन् ।

सभापति लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको राष्ट्रिय भेलाबाट घोषणा गरेकै समय अर्थात वैशाखमा पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

महाधिवेशन आयोजना गर्ने सन्दर्भमा केन्द्रीय समितिका सदस्य र प्रदेश समितिबाट आगामी तीन दिनभित्र लिखित राय र कार्यविवरण पार्टीमा पेश गर्न बैठकले निर्देशन दिएको छ । त्यसैगरी बैठकले ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ यही चैत २३ गते चितवनबाट शुरु गर्ने निर्णय गरेको छ ।

धेरै पढिएको