लन्डन । युरोपियन च्याम्पियनस लिगमा आज राति आर्सनल र रियाल मड्रिड प्रतिस्पर्धा गर्दैछन् । क्वार्टरफानलको पहिलो लेग लन्डनस्थित आर्सनलको घरेलु मैदान हुनेछ । ला लिगामा महारथी बार्सिलोनासँग उपाधिका लागि संघर्ष गरिरहेको रियल खेलमा जित निकाल्ने लक्ष्यमा छ । केलिएन एम्बाप्पे टिममा जोडिएपछि रियलको मनोबल पनि झनै बढेको छ ।
१६औं पटक च्याम्पियन्स लिग उपाधि जित्ने दाउमा रहेको रियलमा प्रशिक्षक कार्लाेस एन्सोलोटी लन्डनमा खेल जित्न तयार रहेको बताएका छन् । हालसम्म रियालले १५ पटक च्याम्पियन्स लिगको उपाधि जित्दा एसि मिलानले सात तथा लिभरपुल र बायर्न म्युनिखले ६ तथा बार्सिलोनाले पाँच पटक जितेको छ ।
आर्सनलले भने हालसम्म उपाधि जितेको छैन । आर्सनल भने सन् २००९ देखि सेमिफाइनलमा पनि पुग्न सकेको छैन । दोस्रो लेग अप्रिल १७ मा रियालको घरमा शान्तियागो बर्नाबेउमा हुने तालिका छ । नेपाली समय अनुसार पौने १ बजे शुुरु हुने खेलमा बायर्न म्युनिख र इन्टर मिलानबीच पनि प्रतिस्पर्धा हुनेछ ।