काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ सहयात्री दल नेपाली कांग्रेससँगको गठबन्धन आगामी २०८४ सालको चुनावपछि पनि कायम रहने संकेत गरेका छन् ।
बुधबार नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हालको सरकार स्थिर र स्थायीत्वयुक्त भएको जिकिर गर्दै आगामी चुनावसम्म परिवर्तनको सम्भावना नरहेको दाबी गरे ।
उनले भने, “देशका प्रमुख जिम्मेवार र इतिहास बोकेका दलहरू आरामदायक बहुमतसहित सरकारमा छन्। स्थिरता छ, यो रहनेछ। अहिले म जे भनिरहेको छु, भोलि नै सरकार परिवर्तन हुन्छ भन्ने स्थिति छैन। कमसेकम ०८४ को चुनावसम्म यो सहकार्य चल्नेछ र त्यसपछि पनि निरन्तरता पाउनेछ।”
प्रधानमन्त्री ओलीले दुई प्रमुख दल एकसाथ सरकारमा रहेकाले देशमा राजनीतिक स्थायित्व आएको उल्लेख गर्दै व्यवसायीहरूलाई ढुक्क भएर लगानी र व्यवसाय प्रवद्र्धनमा अघि बढ्न आग्रह गरे ।
“अब तपाईंहरू ढुक्क भएर व्यवसाय प्रवद्र्धनमा लाग्न सक्नुहुन्छ । स्थिरता र स्थायित्वको वातावरण हामीले सिर्जना गरेका छौं,” उनले भने ।