१ श्रावण २०८२, बिहीबार
Follow Us

युक्रेनसँगको युद्ध अन्त्यका लागि पुटिनको प्रतिबद्धतामाथि ट्रम्पको शंका

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०८२, आईतवार ०५:५९

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनसँगको युद्ध अन्त्यका लागि रूसी राष्ट्रपति भ्लाडिमिर पुटिनको प्रतिबद्धताप्रति आशंका व्यक्त गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रोमको भ्याटिकन सिटीमा भएको भेटवार्तापछि ट्रम्पले यस्तो संशय प्रकट गरेका हुन् । ट्रम्पले सामाजिक सञ्जाल टुर्थ सोसलमा युक्रेनमाथि जारी आक्रमणले रूस युद्ध अन्त्यका लागी इच्छुक नरहेको देखिएको उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पुटिनले आफुलाई युद्ध अन्त्यका लागि सकारात्मक रहेको सन्देश पठाएपनि आक्रमण नरोकेको गुनासो गरे । पुटिनले आफुलाई अल्मल्याउन खोजेको भन्ने आंशका उब्जिएको पनि ट्रम्पको भनाइ छ ।

रोमको सेन्टर पिटर्स स्क्वायर भित्र अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको अपमानजनक भेटपछिको पहिलो भेट हो । अमेरिकी र युक्रेनी अधिकारीहरूले भेटलाई निकै सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

रूसी राष्ट्रपति पुटिनले मस्कोमा अमेरिकी प्रतिनिधि स्टिभ विटकोफसँगको भेटमा युक्रेनसँग बिना पूर्वसर्त वार्ता गर्न तयार रहेको बताएका थिए । ट्रम्पले रूस र युक्रेनबीच युद्ध अन्त्य गरी शान्ति स्थापना गर्नका लागि मध्यस्थता गर्दै आएका छन् ।

धेरै पढिएको