३२ असार २०८२, बुधबार
Follow Us

आप्रवासीलाई देश छोड्ने सर्तमा अमेरिकाले १ हजार डलर दिने

नेपालब्रिटेन संवाददाता
२३ बैशाख २०८२, मंगलवार ०५:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई देश छोड्ने सर्तमा एक हजार डलर दिने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनको नीतिअनुसार अमेरिकाको होमल्यान्ड सुरक्षा विभागले सोमबार यो योजना सार्वजनिक गरेको हो । यो योजना अनुसार अवैध आप्रवासीहरूले स्वदेश फर्कने निर्णय गरेमा उनीहरूलाई एक हजार डलरको आर्थिक सहयोगसहित यात्रा खर्च पनि उपलब्ध गराइने बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सीबीपी होम’ नामक एप मार्फत स्वदेश फर्कने योजना सरकारलाई जानकारी गराउने व्यक्तिहरूलाई नजरबन्द र अध्यागमनबाट जबरजस्ती पठाउने सूचीबाट उनीहरूको नाम हटाइने बताइएको छ ।

होमल्यान्ड सुरक्षा विभागले अब सीबीपी होम एप मार्फत अवैध आप्रवासीहरूलाई यात्राका लागि आर्थिक सहयोग र स्वदेश फर्कने भत्ता प्रदान गर्ने बताइएको समाचारमा उल्लेख छ ।

एजेन्सी

धेरै पढिएको