३१ श्रावण २०८२, शनिबार
Follow Us

रबि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनवाई आज हुँदै

नेपालब्रिटेन संवाददाता
२८ बैशाख २०८२, आईतवार ०५:४२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन माथी आज सुनवाइ हुँदैछ ।सर्वोच्च अदालतका  न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानको बन्दी प्रत्यक्षीकरणको मुद्दा माथी सुनवाइ हुन लागेको हो ।

गत वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । वैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारीसमेत गरेको थियो ।

धेरै पढिएको